Friday, January 24, 2025

ट्रेन्डिङ :

एकदम हतार भएको भन्दै बहस छिटो टुंग्याउन प्रधानन्यायाधीश राणाको आग्रह

spot_img
spot_img
spot_img

काठमाडौं : ९ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने वकिलहरुको संख्या लामो रहेको र फैसलामा ढिलाइ हुने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहस छिटो टुंग्याउन आग्रह गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाईमा रहेको मुद्दामा १३ वटा रिट निवेदन भएको र ठूलो संख्यामा कानुन व्यवसायीहरूले वकालतनामा दर्ता गराएकोले अन्तिम फैसलासम्म पुग्न ढिलाइ हुने उनको भनाइ थियो । यसअघि पनि इजलासमा एकै वकिलले करिब तीन घण्टा बहस गरेपछि समयको् ख्याल गर्न न्यायाधीहरुले ध्यानाकर्षण गराएका थिए ।

शुक्रबारको बहसमा पनि प्रधानन्यायधीश जबराले वकालतनामा दर्ता गर्नेको संख्या ठूलै भएकाले कानुन व्यवसायीहरूलाई बहस छिटो टुंग्याउन आग्रह गरे । शुक्रबार इजलासमा सुनुवाइ सुरु भएसँगै रिट निवेदकका तर्फबाट अधिवक्ता कोपिलप्रसाद अधिकारीले बहस सुर गर्न लाग्दा प्रधानन्यायाधीश जबराले १० मिनेटमा बहस सक्न आग्रह गरते तर अधिवक्ता अधिकारीले भने आफूलाई १५ मिनेट समय चाहिने बताउनुभयो । तर झन्डै तीन सय जनाको वकालतनामा रहेको भन्दै प्रधानन्यायाधीश जबराले सबैलाई समय दिन नपुग्ने अवस्था आउन सक्ने चिन्ता जाहेर गर्नुभयो । उहाँले आफूहरूलाई एकदम हतार भएको पनि सुनाउनुभयो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?