Thursday, February 20, 2025

ट्रेन्डिङ :

पार्टी एकीकरण र आन्दोलनका लागि प्रचण्ड र बाबुरामको बीचमा गोप्य छलफल

spot_img
spot_img

काठमाडौं : माघ १०, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बीच गोप्य छलफल भएको छ । लैनचौरस्थित एक व्यक्तिको निजी निवासमा भएको छलफलमा अहिलेको आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको बताईएको छ ।

अहिले जसपा नेपाल र नेकपा प्रचण्ड–माधव समूह प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेको विरुद्धमा आन्दोलन गरिरहेको छ । सो आन्दोलनमा पनि कार्यगत एकता गर्ने र विस्तारै पार्टी नै एकीकरण गर्ने विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार छलफल सकारात्मक भएको छ । त्यहाँ भएको कुराकानीलाई आआफ्नो पार्टीमा पनि छलफल गरिने त्यसपछि पुनः वार्तालाई अगाडि बढाउने बताइएको छ ।

तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएपछि प्रचण्डले डा. भट्टराईलाई पार्टीमा आउन आग्रह गरेपछि भट्टराईले ओलीलाई छाडेर आएपछि मात्र त्यसको बारेमा सोच्न सकिने प्रतिकृया दिएका थिए । अहिले ओलीलाई अलग भइसकेपछि अध्यक्ष भट्टराईसँग एकता गर्न सजिलो हुने धेरैको बुझाई रहेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?