Monday, October 7, 2024

ट्रेन्डिङ :

म तानाशाही हुँदै होईन : प्रधानमन्त्री ओली

काठमाडौं : माघ ११, प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको समस्या र सवालमा प्रधानमन्त्रीसँग साक्षात्कार कार्यक्रममा बोल्दै ओलीले यस्तो दाबी गरेका हुन् । ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेहरू नै संविधानविरोधी भएका आरोप समेत लगाए ।

यसैबीच ओलीले संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्नेहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्ने गरेको पनि बताए । त्यस्तै उनले स्थिरतालाई भत्काएर अस्थिरतातर्फ मुलुकलाई धकल्न खोजेपछि जनताकै बीचमा जाने निर्णय गरेकोले आफू तानाशाही नभएको पनि तर्क गरे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?