Thursday, January 23, 2025

ट्रेन्डिङ :

देशका ७७ वटै जिल्लाका ३०० वटा खोप केन्द्रबाट कोरोना खोप अभियान संचालन हुने

spot_img
spot_img
spot_img

काठमाडौं : १२ माघ । कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गतेबाट सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे शुभारम्भ गरिने जानकारी दिएका हुन् । स्वास्थ्यमन्त्री त्रिपाठीले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा खोप लगाउने पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई खोप लगाएर खोप अभियानको शुभारम्भ गर्ने जानकारी दिए ।

मन्त्री त्रिपाठीका अनुसार उक्त खोप अभियान सातवटै प्रदेशका अस्पताल तथा काठमाडौंमा रहेका प्रमुख अस्पतालहरुमा भर्चुअल विधिबाट एकैसाथ शुभारम्भ हुनेछ । माग १४ गते सातै प्रदेशभित्रका ६२ वटा अस्पतालहरुमा र १२० भन्दा बढी खोप केन्द्रहरुबाट कोरोना विरुद्धको खोप अभियान सुभारम्भ हुने मन्त्री त्रिपाठीको भनाइ छ । १८ गतेभित्र देशका ७७ वटै जिल्लाका ३०० वटा खोप केन्द्र मार्फत खोप अभियान संचालन हुनेछ । मन्त्री त्रिपाठीले पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्न हुने बताए । पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य रहेको मन्त्री त्रिपाठीले जानकारी दिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?