काठमाडौं : माघ १२, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले दाहाल–नेपाल समूहसँग दुई शर्तमा मात्र पार्टी एकतालाई कायम राख्न सक्ने बताएका छन् । उपत्यकामा माघ २३ गते गर्न लागिएको प्रदर्शनको जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले कात्र्तिक २८ गते दर्ता गरिएको आरोप पत्र फिर्ता लिन र निर्वाचनमा सहभागी हुन सहमति भए मात्र पार्टी एकता कायम हुन सक्ने बताए ।
निर्वाचन आयोगको निर्णयले पार्टी फुटाउन कसैले चाहेर पनि नसक्ने स्पष्ट पारेको बताउँदै उनले आयोग निर्णयप्रति आफूहरू सकरात्मक रहेको बताए। आइतबार निर्वाचन आयोगको पदाधिकारी बैठकले नेकपाको विधान र पदाधिकारी फेरबदल आपसमा नमिलेकाले आयोगले पहिलेकै पार्टी यथावतै रहने निर्णय गरेको थियो ।