काठमाडौं : माघ १३, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पौडल समूह प्रतिनिधिसभा विघटन विरुद्ध सडक आन्दोलनमा जानु पर्ने बताउँदै आउको छ भने सभापती देउवा समूह निर्वाचनमा जानु पर्ने तर्क गर्दै आउका छन् । हिजो पार्टी महामन्त्री शशांक कोइरालाको निवासमा बसेको समूहको बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा सडक संघर्षको निरन्तरलाई छलफलको एजेन्डा बनाउने निर्णय गरेको छ । विघटनविरुद्ध सडक संघर्ष गर्ने या अदालतको निर्णय कुर्ने भन्ने विषयमा काँग्रेसभित्र दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवा मध्यावधि निर्वाचनको पक्षमा देखिँदा पौडेल पक्षले विघटनविरुद्धको सडक संघर्षलाई प्राथमिकता दिनु पर्ने अडानमा देखिएको छ ।
त्यस्तै छलफलले पार्टीको आसन्न १४ औं महाधिवेसन ग्यारेन्टी गर्न सभापति देउवालाई दवाब दिने निर्णय गरेको छ । पार्टी समायोजनको बाँकी काम सकेर माघभित्रै क्रियाशील सदस्यताको टुंगो लगाउन र महाधिवेशनको नयाँ कार्यतालिका सीध्र सार्वजनिक गर्न आजको केन्द्रीय समिति बैठकमा सभापतिलाई दवाब दिने निर्णय भएको छ । त्यस्तै प्रतिनिधि सभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै महाधिवेसन सुनिश्चितताका लागि संस्थापन पक्षलाई दबाव दिने विषयमा छलफल भएको बैठकमा सहभागी नेताहरु बताउँछन् ।