१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

प्रचण्डको भैसी पूजाभन्दा ओलीको पशुपतिनाथको पूजा उत्कृष्ट : सुर्य थापा



काठमाडौं : माघ १५, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्डले आफ्नो शक्ति वृद्धिका लागि भैसीको पूजा गरेको तर्क गरेका छन् । भैंसी पूजालाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक नमानिने थापाले टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा दुई अध्यक्षको फोटो जोडेर लेख्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति र मानव कल्याणको लागि पशुपतिनाथमा पूजा गरेको बचाउ गर्दै अर्का अध्यक्ष दाहाललाई व्यङ्य गरेका हुन् ।

थापाले दाहाल र ओलीको पशुपतिनाथमा गएको र भैंसी पूजा गरिरहेको फोटोे जोडेर पोष्ट गरेका छन् । प्रधानमन्त्रीले देशलाई अस्थिरतामा कोचेर पशुपतिनाथको चरणमा गएको भन्दै सर्वत्र आलोचना भएको थियो । प्रधानमन्त्री हुँदासमेत ईश्वरको नाममा सपथ नखाएका ओली एक्कासि पशुपतिनाथ पुग्दा सबै आश्चर्यम परेका थिए ।

थापाले प्रधानमन्त्रीको प्रशंसा गर्दै लेखेका छन्, दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।’ प्रधानमन्त्रीले माघ १२ गते पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नु भएको थियो । तत्कालीन माओवादीका अध्यक्ष हुँदा २०६६ माघ २९ मा भैंसी पूजा गरेको भन्दै दाहालको आलोचना भएको थियो। त्यसबेला उनले ग्रह शान्तिका लागि भन्दै भैंसी पूजा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: