१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

किसानलाई लाखौँ रकम ठग्ने राकेश अग्रवाल पक्राउ



काठमाडौं : माघ १५, उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको चिनी उद्योग सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित घरबाटै उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । राकेशको स्वामित्वमा रहेको इन्दिरा सुगर मिल नवलपरासीको प्रतापपुरमा छ । अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज सर्लाही जिल्लामा छ ।

किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । गत ३० मंसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई पक्राउ गरी रकम असुल्ने निर्णय गृह मन्त्रालयले गरेको थियो । यसअघि २०७५ कात्तिकमा पनि उनी उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा उनलाई पक्राउ गरीएको थियोे । अग्रवाललाई प्रहरीले आज सर्लाही पठाउने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: