काठमाडौं : माघ १५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले गत पुष ४ गते प्रधानमन्त्री केपी ओलीको प्रस्ताव अर्का अध्यक्ष प्रचण्डले मानेको भए पार्टी फुट बचाउन सकिने दाबी गरेका छन् । नेता गौतमले इमेज च्यानलसँगको एक कुराकानीमा सो दाबी गरेका हुन् । केपी ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन समेत तयार भएको खुलासा गरे । राजीनामाको बदलामा प्रचण्डको राजनीतिक अभियोगपत्र फिर्ता हुनपर्ने ओलीको शर्त थियो । पार्टी फुटको श्रृखलामा लामो समय मौन बसेका गौतमले केपी ओलीले अध्यक्ष पद दिएको भए आफू केपी गुटमा गइसकेको समेत बताए । दाहाल–नेपाल समूहको प्रस्ताव भने आकर्षक नभएको उनले बताए ।