काठमाडौं : माघ १६, प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनुशासित भएको बताएका छन् । शुक्रबार काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टी अनुशासित पार्टी भएको बताएका हुन् । विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको भन्दै उनले नेकपा स्पष्ट दृष्टिकोणका साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताए । प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताए । आफ्नो पार्टी विजय यात्रामा अघि बढेको उनको भनाई छ ।