Friday, May 23, 2025

ट्रेन्डिङ :

ओलीले आफ्ना धर्म छोराछोरीलाई मात्र कोच्याए : प्रचण्ड

spot_img
spot_img

काठमाडौं : माघ १६, प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारलाई लिएर आफूलाई अपमानित गर्ने प्रयास गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोश पोखेका छन् ।शुक्रबार विराटनगरमा आयोजित सभामा प्रचण्डले केपीका मान्छेहरुले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै म नि सन्तान भइनँ, मेरो दोष हो भन्दै पश्न गरेका हुन् ।

‘मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ, आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिडेँ । मेरो दोष हो ? मैले आफ्ना छोराछोरीलाई विशेषाधिकार खोजिन । जतिबेला हामी गणतन्त्रको लडाइँ लड्दै थियौं, मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिड्थेँ । के यो मेरो दोष हो ? छोराछोरी भएपछि बिहे हुन्छ, ज्वाइँ हुन्छन्, नाती नातिना हुन्छन् । मेरो दोष हो ? ओलीले आफूलाई अपमानित गर्ने प्रयास गरेको भन्दै प्रचण्डले आफूलाई न्याय चाहिएको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो धर्म छोराछोरी भन्दै कोच्याउने गरेकोसमेत बताए । प्रचण्डले अघि भने, ‘अनि केपी ओलीले ७० करोड भ्रष्टाचार गर्नेलाई गरेको छैन भनेर फैसला गर्दै हिँड्नु चाहिँ सुशासन हो ? देश कोरोनाले आक्रान्त भएको छ । त्यही बेला औषधि ल्याउँदा भ्रष्टाचार गर्नु चाहिँ सुशासन हो भन्दै ओलीलाई प्रश्न गरे ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?