Thursday, January 23, 2025

ट्रेन्डिङ :

मकैबारीको जिम्मा बाँदरलाई र गणतन्त्रको जिम्मा ओलीलाई : प्रदीप पौडेल

spot_img
spot_img
spot_img

काठमाडौं : माघ १६, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रतिनिसभा विघटनविरुद्ध आयोजित विरोधसभामा बोल्दै उनले हिम्मत भए राजीनामा दिएर निर्वाचन लड्न आउन चुनौती दिए । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा आफ्ना भक्त लगेर राखेको आरोप लगाउँदै नेता पौडेलले कांग्रेसलाई निर्वाचन जिताउन १७ र २७ गते ओलीले कुनै पनि हालतमा निर्वाचन नगराउने ठोकुवा गरे । कांग्रेस नेता पौडेलले केपी ओलीलाई स्थिरताको शत्रु भएको आरोप लगाउँदै जनताले दुईतिहाइ मत दिए पनि नपचेको बताए । देशमा समृद्धि नआउनुको मुख्य कारक ओली भएको उनको टिप्पणी छ ।

‘नेपालमा समृद्धि नआउनुको मुख्य कारक केपी ओली हो’, पौडेलले भन्नुभयो, ‘केपी ओलीले रेल ल्याउने कुरा कसले छेक्यो, पानीजहाजमा झण्डा फहराउन कसले छेक्यो, घर–घरमा ग्यास पु¥याउन कसले रोक्यो भन्दै प्रश्न गरे । त्यस्तै ओली अहंकारी शासक बनेको टिप्पणी गरे । अदालतले प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक, असंवैधानिक र स्वेच्छाचारी कदमलाई सच्याउने बताए । नेता पौडेलले मकैबारीको जिम्मा बाँदरलाई र गणतन्त्रको जिम्मा ओलीलाई दिनु एकै भएको टिप्पणी गरे ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?