Friday, October 4, 2024

ट्रेन्डिङ :

४६ हजार १९७ जनाले कोरोना खोप लगाए

काठमाडौं : माघ १६, कोभिड-१९ खोप अभियानअन्तर्गत आज तेस्रो दिनसम्म आइपुग्दा जम्मा ४६ हजार एक सय ९७ जनाले खोप लिएका छन् । अभियानको पहिलो दिन ६४ जिल्लामा खोप लगाइएकामा बिहीबारबाट भने ७७ वटै जिल्लामा अभियान सुरु गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार तेस्रो दिन प्रदेश १ मा ७ हजार ३ सय ६९ जनाले खोप लिए भने प्रदेश २ मा ४ हजार ६ सय ५० वाग्मतीमा १५ हजार ६ सय ४१, गण्डकीमा ७ हजार १ सय ५३ लुम्बीनीमा ४ हजार ६ सय ३५, कर्णालीमा २९ सय ६६ र सूदूरपश्चिममा ३ हजार ७ सय ८३ जनाले खोप लिएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?