१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

ओली धुन्धुकारी हुन् : सुरेन्द्र पाण्डे



काठमाडौं : माघ १८, प्रचण्ड/नेपाल समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली धुन्धुकारी भएको बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालले काठमाडौंको सम्वाद डबलीमा आयोजित आजको राजनीतिक संकट व्यवस्था कि शासक बिषयक कार्यक्रममा बोल्दै नेता पाण्डेले ओली धुन्धुकारी भएर समस्या आएको बताएका हुन् । अहिले सबै नेपाली मिलेर ओलीको कदम विरुद्ध लड्नु पर्ने बताए । त्यस्तै अहिले व्यवस्था खराब छ भन्नू गलत हुनेसमेत बताए । अहिलेको समस्या सामाधान गर्न संसद पुनःस्थापन गर्नु पर्ने तर्क गरे । अहिलेको भन्दा मुलुक प्रतिगमनमा गए कसैले पनि क्रान्ति सम्पन्न गर्छु भनेर सोच्यो भने त्यो दुर्भाग्य हुने तर्क गरे । अहिलेको क्रान्ति विज्ञान प्रविधिले प्रभावित हुने भएकाले माक्र्स कालीन जस्तो यान्त्रिक नहुने, नेपालमा आफ्नै मौलिकताको क्रान्ति हुने बताए ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: