काठमाडौं : माघ १८, राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले कम्युनिस्टहरुले भन्ने साम्यवाद खोज्न अमेरिका जानुपर्ने बताएका छन् । आइतबार क्रान्तिकारी पत्रकार संगठन, नेपालले संवाद डबलीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै डा. सुरेन्द्र केसीले चीनमा पुजीवाद हाबी रहेको र चीन भन्दा अमेरिकामा सम्यवाद देख्न पाइने दाबी गरे । अमेरिकामा समान्य किसानले पनि करोडौंको गाडी चड्न सक्ने उदाहरण दिदै केसीले अमेरिकामा साम्यवाद देख्न पाउने दाबी गरे । त्यस्तै नेपालमा एक्काइसौं शताब्दीमा रुस र चीनको जस्तो क्रान्ति सम्भाव नरहेको बरु समतामूलक, समानुपातिक ढंगले नेपालको मौलिकतामा क्रान्ति गर्नुपर्ने बताए । त्यस्तै नेपालमा कोही पनि क्रान्तिकारी कम्युनिस्ट नरहेको जिकिर गरे ।