१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

व्यवस्था नै असफल भयो, गुल्टिने भएपछि ओलीले संसदीय भंग गरे : सीपी गजुरेल



काठमाडौं : माघ १८, क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले अहिलेको संसदीय व्यवस्था असफल सिद्ध भएको बताएका छन् । आइतबार क्रान्तिकारी पत्रकार संगठन, नेपालले संवाद डबलीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै नेता गजुरेलले ओली मात्रै असफल नभएर संसदीय व्यवस्था नै असफल भएको पछिल्लो संसद भङ्गको घटनाले पुष्टि गरेको बताए । आफ्नो पार्टीले पहिले नै संसदीय व्यवस्थाले जनताको पक्षमा काम नगर्ने बताए पनि काङ्ग्रेस, एमालेले नमानेको तर अहिले दुई तिहाइको सरकारले सिन्को भाच्न नसकेर ओलीले आफ्नो प्रधानमन्त्री पदनै गुल्टिने भएपछि संसद भंग गरेको बताए । त्यस्तै अहिले पनि केही नबिग्रेकाले संसद र बाहिर रहेका पार्टीहरुले मिलेर सहमति गरेर नयाँ व्यवस्थाको स्थापना गरि अगाडि बढ्नु पर्ने बेला आएको बताए । संसदवादीहरु एक थरिले संसद पुनःस्थापन र अर्काले निर्वाचनको जिद्दी गरेपनी त्यसले मुलुकमा आएका समस्याको सामाधान नगर्ने भएकाले सबै शक्तिले छलफल गरि संसदीय व्यवस्थाको विकल्पमा नयाँ व्यवस्थामा जानुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: