१८ मंसिर २०७९, आईतवार
 |   Sun Dec 4 2022
Logo

म्यानमारमा सैन्य कू ! आङ सान सूकी र राष्ट्रपति विन मिन्ट पक्राउ



एजेन्सी : माघ १९, म्यानमारमा सेनाले सैन्य कू गरेको आशंका गर्न थालिएको छ । म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी की नेतृ आङ सान सूकी र राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिएको छ । जननिर्वाचित सरकार र सेनाबीच बढ्दो तनावका बीच सूकीलाई पक्राउ गरिएको हो । म्यानमारमा केही समयदेखि सैनिक ‘कू’ हुने हल्ला चलिरहेको थियो । यद्धपी म्यानमारको सेनाले सोमबार बिहान नेताहरूलाई नियन्त्रणमा लिए पनि यो सैनिक ‘कू’ भनेको छैन ।

गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेको थियो । तर, सेनाले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ । बर्मा पनि भनेर चिनिने म्यानमार सन् २०११ सम्म सैन्य शासन रहेको थियो । सूकीले लामो समय आफ्नै घरमा नै नजरबन्दमा बिताएकी थिइन् ।

सोमबारबाट पहिलोपटक नयाँ संसदको सत्र शुरु हुनुपर्ने थियो तर सेनाले त्यसलाई स्थगित गर्न माग गर्दै आएको थियो । बीबीसीकाअनुसार राजधानी लगायत देशका मुख्य सहरहरुमा सैनिकहरुको उपस्थिति बाक्लो रहेको छ । एनएलडीका प्रवक्ता म्यो न्यून्टले सूकी र पार्टी अध्यक्ष विन मिन्टलगायत अन्य नेताहरुलाई बिहानै ‘लगिएको’ जानकारी दिए । सरकारी मिडिया एमआरटीभीले प्राविधिक कारण बताउँदै प्रशारण बन्द गरेको छ भने टेलिफोन र विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको थियो । सेनाहरु विभिन्न क्षेत्रका मुख्यमन्त्रीका घरमा पुगेर उनीहरुलाई पक्राउ गरेको परिवारिक स्रोतले जानकारी दिएका छन् ।

सन् २०१५ को चुनावपछि नै म्यानमारको सैनिकले नागरिक सरकारलाई पूर्ण सत्ता हस्तान्तरण गरेको थिएन । गत नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पारेपछि सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो । म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: