काठमाडौं : माघ २०, स्पेनको एक नर्सि होममा अमेरिकी कम्पनी फाईजरको कोरोना खोप लगाएका ७८ जना बिरामी (सबै) मा कोरोना पोजेटिभ देखिएको छ भने ७ जनाको मृत्यु भएको रसिया टुडेले जनाएको छ । फाईजर बायोटेक खोपको पहिलो डोज दिइसकेपछि लगाएका ७८ जनामै पोजेटिभ देखिएको स्पेनका समाचार एजेन्सी ईएफईले जनाएको छ । सो एजेन्सी अनुसार भाइरसको सिकार हुने अधिकांशको अवस्था नाजुक रहेको भने चार जना हाल अस्पतालमा भर्ना भएका छन् र १२ कर्मचारी पनि संक्रमित भएका छन्।
राजधानी मड्रिडको दक्षिणपश्चिमी, टोलेडो क्षेत्रमा बुजुर्गहरूको लागी लागरतेरा निवासमा कोरोनाको ठूलो प्रकोप रहेको छ। जहाँ कर्मचारीले अब काम सुरु गर्नु अघि पीसीआर परीक्षण गर्नुपर्छ । ३३ जना स्वास्थ्यकर्मीमा कोरोना नेगेटिभ थियो । जनवरी १३ जनावरीमा नर्सिङ होमका स्टाफलगायत सबै बासिन्दाहरूलाई फाइजर खोपको पहिलो डोज लगाईएको थियो र छ दिन पछि नसिंङ होममा रहेका केही कर्मचारीमा भाइरसका प्रारम्भिक लक्षण देखा पर्न थाल्यो । जनवरी २१ मा, व्यवस्थापनले नसिंङ होममा रहेका सबै बासिन्दाहरूको परीक्षण गर्ने र उनीहरूको कोठामा क्वारन्टाइन गर्ने निर्णयलाई अनुमोदन गर्यो, परिवारहरूले यसबारे जानकारी पाए। जनवरी २५ जनावरीमा नसिंङ होममा रहेका सबैको पीसीआर नतिजा पोजेटिभ देखियो नसिंङ होमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसपछि डिसेम्बरमा, स्पेनको सर्वोच्च अदालतले नर्सिङ होममा मृत्युको छानबिनको आदेश दियो, जुन प्रारम्भिक महामारीको चिन्ताजनक विषय थियो र यसले अप्रिल ६ देखि जुन २० सम्मका कोविड-१९ का कारण ६९ प्रतिशतको मृत्यु भएको रसिया टुडेले जनाएको छ । वृद्धहरूको लागि लागरटेरा निवासीहरूले अहिलेको महामारीको पहिलो महामारी हो भनेर भने, संक्रमणको पहिलो दुई छालहरूमा भाइरसमुक्त रहे। भ्याक्सिनको अर्को डोज फेब्रुअरी ५ मा दिईने छ र पीसीआर परीक्षणको नतिजाको रिपोर्ट फेब्रुअरी ५ मा आउने स्पेनिस एजेन्सीहरुले बताएका छन् । स्पेनभरि झन्डै १० लाख मानिसलाई फाइजर वा मोडर्ना खोप लगाईएको छ। स्पेनमा कोविड १९ बाट ५८००० भन्दा बढी मानिसको मृत्यु भएको छ भने २७ लाख भन्दा बढी कोरोना भाइरसले संक्रमित बनेका छन् ।
रसिया टुडेबाट ।