९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक



काठमाडौं :माघ २०, प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बुधबार संवैधानिक परिषदको बैठक बोलाउनुभएको हो ।

यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गर्नुभएको थियो । यसअघि परिषद्ले निर्वाचन आयोग, अख्तियार र मानवअधिकार आयोग लगायतका निकायमा गरेको विवादास्पद सिफारिस सभामुख सापकोटाले माघ १८ आइतबार फिर्ता गर्नुभएको थियो ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने सभामुख सापकोटाको उक्त कदमप्रति आपत्ती जनाउनुभएको छ । उहाँले संवैधानिक परिषदका सिफारिसहरु विधिसम्मत ढंगले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको दावी गर्नुभएकाे छ ।

यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनुभएको थियो । उक्त अध्यादेशअनुसार संवैधानिक परिषदमा तीन जना उपस्थित भएर निर्णय गर्न सक्नेछन् ।

मंसिर ३० मा बिहानको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि प्रधानमन्त्रीले अध्यादेशमार्फत् कानुन संशोधन गरेर सो साँझ बैठक राख्नुभएको थियो । बैठकमा सभामुख र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुनुहुन्थ्यो ।

उक्त बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसहितका संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो।


प्रतिक्रिया दिनुहोस !