२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ दुई कराेड धरौटीमा रिहा



काठमाडौं- काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुच्छिनुभएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुट्नुभएको छ । विशेष अदालत काठमाडौंका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई सो कुराको जानकारी दिनुभयो ।

व्यवसायी गुरुङ दुई करोड रुपैयाँ धरौटी बुझाएर अदालतबाट छुटेको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो ।न्यायाधीश प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतले जानकारी दिएको हाे ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय