काठमाडौं : माघ २२, प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको देशव्यापी आमहड्तालको एका बिहानै काठमाडौंबाट ५ जना पक्राउ परेका छन् । प्रचण्ड नोल समूहका युवा नेता रामप्रसाद सापकोटाले सामाखुसीबाट केही युवाहरुलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् । उनले गोंगबु सामाखुसीबाट एकाबिहानै युवाहरू मिलन तमाङ,समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गसरेको र तत्काल रिहा गर्न समेत माग गरेका छन् । आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने संघर्ष समितिले जनाउको छ ।
यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन । बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइएको थियो । पत्रकारसम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ । यस्तै माघ २२ गते काठमाडौंमा हुने भनिएको युवा र्याली माघ २८ पछि हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।