१८ मंसिर २०७९, आईतवार
 |   Sun Dec 4 2022
Logo

रोकिरहेको ट्याक्सीमा आगो झोसेर प्रचण्ड/नेपाल समूहका कार्यकर्ता फरार



काठमाडौं : माघ २२, काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार आज बिहीबार बिहान धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३९०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको हो । सिंहका अनुसार दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेका थिए । उक्त ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ । प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल समूहले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: