Thursday, February 20, 2025

ट्रेन्डिङ :

धरानमा बन्दकर्ता र मजदुरको बीचमा झडप : भिडियोसहित

spot_img
spot_img

काठमाडौं : माघ २२, धरान । नेकपाको प्रचण्ड समुहले आज गरेको आम हड्तालको कारण धरानको भानुचोकमा सो समूहका कार्यकर्ता र मजदुरबीच झडप भएको छ । धरानको भानुचोकमा टायर बालेर बसिरहेका प्रचण्ड समुहका कार्यकर्ताले एउटा टेम्पोलाई लात्तले हानेपछि विवाद सुरु भएको थियो । विवादका क्रम बढ्दै गएपछि प्रचण्ड समुहका कार्यकर्ताले टायर बाल्न लागेको बेला मजदुरहरुले टायर खोसेर फालिदिएका छन् । टायर खोस्ने क्रमममा बन्दकर्ता र मजदुरबीच झडप समेत भएको थियो । त्यस्तै गरी बन्दकर्ताहरुले नाराबाजी गरेपछि मजदुरहरुले प्रतिकारमा नाराबाजी गरेका थिए । मजदुरहरुले नाराबाजी गरेपछि बन्दकर्ताहरु भने अहिले शान्तिपूर्ण रुपले बसिरहेका छन् ।

औजार न्यूजबाट साभार ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?