काठमाडौं : २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब नरभक्षी आन्दोलनको दिन गएका छन् । ओली समूहको बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसाको राजनीतिलाई सरकारले रोक्ने दाबी गरे । त्यस्तै ओलीले आफू नेतृत्वको पार्टी नै कम्युनिस्ट आन्दोलनको मूल प्रवाह भएको बताए । ओलीले भने, कम्युनिस्ट पार्टीको मात्र होइन देशकै मूल पार्टी हो,’ जनसभाको उपस्थितिले त्यसलाई पुष्टि गरेको छ । यो पार्टी नै देश बनाउने, स्वाधिनताको रक्षा र प्रयोग गर्ने, भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो । लोकतन्त्रका लागि सात दशक संघर्ष गरेको यही पार्टी हो ।’ प्रधानमन्त्री ओलीले आफूले सरकारले नेतृत्व गरेपछि सडक कालोपत्रे, सुरुङ मार्ग निर्माण, कृषि, सिँचाइ, रोजगारलगायतका क्षेत्रमा ऐतिहासिक काम भएकोसमेत बताए ।