Wednesday, February 19, 2025

ट्रेन्डिङ :

प्रचण्ड/नेपाल समूहको भन्दा झन् साघँरो गल्लीमा ओलीको आमसभा

spot_img
spot_img

काठमाडौं : माघ २३, सत्तारुढ नेकपा विभाजन भएपछि एकले अर्कालाई निषेध गर्नेदेखि एक अर्को समूहका बिरुद्ध आक्रमक कार्यक्रमहरु गरिरहेका ओली समूह र प्रचण्ड नेपाल समूहले शक्ति प्रदर्शन गरिरहेका छन् । एक समूहले अर्को समूहलाई प्रतिगामीदेखि तल्लो स्तरको गाली गलौजमा उत्रिई रहेका छन् । संसद विघटनको बिरुद्ध प्रचण्ड नेपाल समूहले देशभरी कार्यक्रम गरिरहेको छ भने ओली समूहले पनि त्यसको काउण्टर गरिरहेको छ । प्रचण्ड नेपाल समूहले संसद विघटन र मध्यावधि चुनावको विरोध गरिरहेको छ भने ओली समूहले त्यसको प्रतिरक्षा गरिरहेको छ । ओलीको संसद विघटन गर्ने निर्णयको विरोधमा देशका मुख्य सहरहरुमा जनप्रदर्शन गरिसकेको छ । त्यस्तै प्रचण्ड नेपाल समूहले काठमाडौंमा प्रदर्शनी मार्गमा गरेको जनप्रदर्शन कार्यक्रमलाई ओलीले साँघुरो गल्लीको भीड भएको टिप्पणी गरे । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले खास कार्यक्रम कस्तो हुन्छ आफूले माघ २३ गते देखाई दिने बताए ।

तर ओली समूहले पनि आजको कार्यक्रम प्रचण्ड नेपाल समूहको झै साँघुरो गल्लीमै आयोजना गरे । खास प्रदर्शन कस्तो हुन्छ देखाई दिन्छु भन्ने ओलीले प्रदर्शनी मार्गको प्रचण्ड नेपाल समूहले गरेको प्रदर्शनभन्दा खास ठूलो भने थिएन । सत्तामा रहेका ओलीले राज्यसत्ताको सबै शक्ति लगाएर प्रदर्शन गर्दा पनि प्रचण्ड र नेपालको भन्दा खासै ठूलो गर्न नसकेको टिप्पणी भईरहेको छ । तर ओलीले भने आत्मरतीमा रमाउन छोडेनन् । आजको आमसभामा बोल्दै ओलीले यो कास्टिङ्गमात्र भएको बताए । आज राजधानीमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यो कास्टिङ्ग मात्रै भएको र साच्चै आमसभा गर्नुपरे काठमाडौंका सबै सडकमा साउन्ड सिष्टम राखेर आमसभा गर्नुपर्ने दिन आउने धक्कु लगाए । सरकार र सत्ताको आडमा ओली समूहले दरबारमार्गको साँघुरो गल्लीमा गरेको प्रदर्शनले ओलीको धक्कुलाई फिक्का बनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?