Thursday, December 5, 2024
spot_img

ट्रेन्डिङ :

रामको जन्मभूमिमा राम र सीताको मन्दिर बनाउछु: प्रधानमन्त्री ओली

spot_img
spot_img

काठमाडौं :फाल्गुन १, प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मेको प्रमाण खोज्नेलाई अब को सुडाइसुडेनी खोज्न जाऔँ ? भनेर प्रश्न गरेका छन् । शनिबार बुटवलमा लुम्बिनी केवलकार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै यस्तो बताएका हुन् । 

‘अस्ति एकजना मान्छेले भाषण गर्दाखेरि भन्नुभयो, केपी ओलीले राम जन्मभूमिमा राम र सीताको मन्दिर बनाउने, त्यहाँ प्रतिमा बनाउने भन्ने सुन्दैछु । तर त्यो भन्दा अगाडि प्रमाणित गर्नुपर्यो नि राम त्यहीँ जन्मेका थिए भनेर’, ओलीले प्रचण्डको नाम उच्चारण नगरी भने, ‘अब म त्यसबेलाका सुडाइसुडेनी खोजेर ल्याउ कि ? के-के खोजेर ल्याउ ? अँ, हो कौशल्याले राम जन्माउँदा मै सुडेनी थिएँ भनेर भन्ने को फेला पर्ला ?बडा गाह्रो प्रश्न उहाँले राख्नुभयो ।

गत माघ २८ गते काठमाडौँमा गरेको बृहद् विरोध सभामा नेकपा प्रचण्डले राम चितवनमै जन्मेको हो भन्ने पुष्टि गर्न चुनौति दिएका थिए । ओलीले त्यसैको जवाफ शनिबार दिएका हुन् । प्रधानमन्त्री ओलीले रामजन्म भूमि चितवन नै भएको भन्दै भने, ‘संसारमा अरु कुनै ठाउँमा राम जन्मभूमि भनेर प्रमाणित भएको छैन । फैजावाद डेढ सय वर्षसम्म अयोध्या नामै थिएन । अनि अयोध्यापुरी जहाँ राम जन्मेको थिए प्रमाण चाहियो फेरि ?’ 

उनले कतिपय कुरा श्रुती र दर्शनको निरन्तरताको आधारमा पुष्टि गर्न सकिने पनि बताए । ‘अरु मेसोपोटायामियाको जस्तो माटाको हाँडी जस्तो खोजेर भेटिँदैन । यो १२, १५ हजार बर्ष अघिको कुरा हो’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?