Monday, September 9, 2024

ट्रेन्डिङ :

अफगानिस्तानको रक्षामन्त्रीका चालक र छोराको हत्या

एजेन्सी- अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो । राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन् ।

देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन् । घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् ।

लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?