Friday, September 13, 2024

ट्रेन्डिङ :

सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिएको भन्ने मुद्दामा प्रमाण बुझ्ने आदेश

काठमाडौं- चर्चित ललितानिवासको सरकारी जग्गा गैरकानुनी ढङ्गले व्यक्तिको नाममा कायम गरिएको विषयमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको भन्ने मुद्दामा सर्वोच्च अदालतले प्रमाण बुझ्ने आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासबाट सो उत्प्रेषणको आदेश भएको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपायोग अनुसन्धान आयोगले उहाँहरूविरुद्ध मुद्दा नचलाइ उन्मुक्ति दिएको भन्दै आयोग र महान्यायाधिवक्ताको कार्यालयसमेतलाई विपक्षी बनाइ रिट दायर गर्नुभएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?