Sunday, October 6, 2024

ट्रेन्डिङ :

रोजगारी सृजना गर्ने काममा लाग्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युुनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उत्पादन बढाउने र रोजगारी सृजना गर्ने काममा बढी ध्यान दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघद्वारा सोमबार राजधानीमा आयोजित राष्ट्रिय उद्योग ब्यवसायी भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सकेसम्म हाम्रा जमिन,जंगल, जडिबुटी आदिको कसरी अघिकतम् सदुपयोग गर्न सकिन्छ ।

त्यतापट्टी लाग्नुस् । सरकारले पूर्ण सहयोग गर्छ । यो सरकार हुतिहारा खालको सरकार होइन । दृढता भएको केही गरौं भन्ने सरकार हो’, उहाँको भनाई थियो । प्रधानमन्त्रीले कोभिड—१९ काकारण प्रतिकुल असर परेका बेला कुनै कुनै क्षेत्रले अधिकलाभलिने र कुनै अत्यधिक खस्किने कुरा हुन नसक्ने समेत बताउनुभयो ।

बैंक र वित्तीय संस्था फस्टाउन भन्ने पक्षमा आफू रहेको तर सँगै त्यसबाट ऋण लिएर काम गर्ने व्यवसायीहरु पनि त्यसको सावाँ व्याज तिर्न सक्ने अवस्था हुनुपर्ने उहाँको भनाई थियो । कोभिड १९ले पारेको प्रतिकुलअवस्थाकाबावजुद नेपालको आर्थिक अवस्था नखस्किएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोर अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने अवस्था रहेको समेत उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले सरकारले गरेका काम लिएर जनता सम्म जान पनि उद्योगी र व्यवसायीहरुलाई आग्रह गर्नुभयो । पार्टीका केही नेताहरुले सरकारलाई सहयोग गरेको भए धेरै कामगर्न सकिने अवस्था रहेको उहाँको भनाई थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?