Monday, September 9, 2024

ट्रेन्डिङ :

अख्तियारद्वारा रास्ट्रसेवक कर्मचारी नै घुस प्रकरणमा पक्राउ

काठमाडौं- धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की घुस लिएको आरोपमा पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कार्कीलाई ९५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने कामका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा डेराबाटै उनलाई नियन्त्रणमा लिएको रिसालले बताए । कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको रिसालको भनाइ छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?