९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

Logo

सभापति देउवा विरुद्ध खनिए वरिष्ठ नेता पौडेल



पोखरा : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी सभापति देउवालाई चेतावनी दिएका छन् । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको भन्दै उनले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताए । सोही कार्यक्रममा देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर आन्दोलन नगर्ने, तर पुनस्थार्पना वा चुनाव जे फैसला गर्छ स्वीकार गर्ने बताएपछि बरिष्ठ नेता पौडेलले देउवाको अभिव्यक्तिको प्रतिवाद गरेका हुन् ।

नेता पौडेलले भने, प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको भन्दै त्यही कर्तव्यलाई बुझेर कांग्रेससका देशभर र्‍याली गर्नु भएको छ, सभा गर्नु भएको छ । लोकतन्त्रको रक्षाका लागि विरोधमा उत्रिनु भएको छ । अनि यो पार्टीका नेताहरुले जनतालाई कन्फयुजनमा पार्ने कुरा बोलेर हिँड्ने रु जे मन लाग्यो त्यही बोलेर हिँड्ने भन्दै देउवाको सातो लिएका हुन् । त्यस्तै बरिष्ठ नेता पौडेलले भने प्रधानमन्त्री ओलीले संविधानमाथि हमला गरेको बेला अदालतले के गर्छ भनेर हेरेर बस्ने हो कि लोकतन्त्रका रक्षाका लागि आफैं अगाडि सर्ने भनेर प्रश्न गरेका छन् । ‘अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही भन्नुपर्छ,’ उनले भने, ‘कांग्रेसले किन नभन्ने भन्दै प्रश्न गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !