Sunday, October 6, 2024

ट्रेन्डिङ :

सैनिक उपस्थिती बारे प्रश्न उठाए नेपालले एमसीसी गुमाउँछ : अमेरिकी राजदूत बेरी

काठमाडौं : फागुन ६, अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली जनताले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई सैनिक उपस्थितीसँग जोडेर हेरे नेपालले यो बृहत अनुदान गुमाउन सक्ने चेतावनी दिएका छन् । सन् २०१७ मा हस्ताक्षर गरिएको ५५ अर्बको एमसीसी सम्झौता कार्यान्वयन संसद विघटनसँगै अन्यौलग्रस्त भइरहेको बेला बेरीको यस्तो अभिव्यक्ति आएको हो । सहमति अनुसार सम्झौता कार्यान्वयनका लागि संसदीय अनुमोदन जरुरी हुन्छ ।

विहिबार नेपाल आर्मी कमान्ड एन्ड स्टाफका सैनिक अधिकृत र प्रशिक्षार्थीलाई सम्बोधन गर्दै बेरीले यस्तो बताएका हुन् । चर्चा गरिएजस्तो सैनिक उपस्थितीसँग कार्यक्रमको कुनै सम्बन्ध नरहेको समेत राजदूत बेरीले बताए । सैनिक गतिविधिमा एमसीसी लागु गरिनु अमेरिकी कानुनी विपरित रहेको बताउँदै उनले यसबारे सबै तथ्य सार्वजनिक गरिएको बताए । नेपालले विकासको सम्भावना बोकेको अनुदान गुमाउन सक्ने जोखिम बढ्दै गएको समेत राजदूत बेरीले बताए । अमेरिकी सरकारले नेपालमा कुनै सैनिक उपस्थिती र सैनिक ध्रुवीकरण नचाहेको समेत उनले प्रष्ट पारे । नेपाली सैनिकलाई सुद्धढ बनाउने बारेमा अमेरिकी सहयोग निरन्तर हुने उनले जनाए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?