९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

रणनैतिक संयुक्त मोर्चाको कार्यक्रमबाट विप्लव नेकपाका केन्द्रीय सदस्य पक्राउ !



बुटवल : फागुन ६, प्रहरीले आज दिउँसो बुटवलमा रणनैतिक संयुक्त मोर्चाको जनसभामा सहभागी हुन आएका एक पूरुषलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको आशंकामा पक्राउ गरेको छ । उनलाई विप्लव नेकपाको कार्यकर्ताको आशंकामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनी विप्लव नेकपाका केन्द्रीय सदस्य भएको अनुमान गरिएको छ । यद्यपि प्रहरीले पूरै विवरण भने खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले नियन्त्रणमा लिएका व्यक्तिलाई भेरिफाई गरिरहेको र थप विवरण केही समयपछि आउने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !