Tuesday, January 21, 2025

ट्रेन्डिङ :

रूरू जलविद्युत आयोजनाको आईपीओ सर्वसाधारणका लागि निष्कासन

spot_img
spot_img
spot_img

काठमाडौं : रूरू जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि आजबाट प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले १०० प्रति शेयरका दरले ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर आयोना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि आईपिओ निष्कासन गरेको हो। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने छ। निष्कासन बन्द फागुन २१ गते रहेको छ भने आवेदन कम परेमा ढिलोमा चैत ८ गते बैंकिङ्ग समयसम्म आवेदन खुला रहने छ।

प्रदेश ५ को गुल्मी जिल्लाको चद्रकोट गाउापालिका वडा नं. ६ र ७ मा निर्माण भएको उक्त जलविद्युत आयोजनाले विद्युत उत्पादन अनुमति प्राप्त वि. सं.२०७० चैत ९ गते पाएको हो। यस परियोजनाले वि।सं। २०७१ चैत ९ गतेदेखि ५ मेघावाट विद्युत व्यवसायिक उत्पादन शुरु गरेको हो। यो अयोजनाको प्रतिमेगावाट लागत १४ करोड ८९ लाख ४ हजार ३८२ रहेको छ। त्यस्तै कुल लागत ७४ करोड ४५ लाख २१ हजार ९१० रहेको छ। आयोजनाले आर्थिक वर्ष २०७७र७८ को आश्विन मसान्तसम्ममा कुल ५ करोड १२ लाख ४८ हजार ४७६ बराबरको विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको अवस्था रहेको छ। स्थानिय बासिन्दाहरुले यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको आयोजनाको शेयर बिक्री प्रबन्धकले जनाएको छ। स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्।

यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछन्। यस आईपिओमा आयोजना प्रभावित बासिन्दाले निष्काशन सुरु हुने दिन फागुन ७ गतेदेखि छिटोमा फागुन २१ गतेसम्म र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन पाउनेछन्। शेयर विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?