१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

दोलखामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको गरे हत्या



काठमाडौं- दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् ।

प्रहरीलाई ४ः११ बजे खबर आएकोमा खोजतलास गर्दा भागेर कालिञ्चोक-७ मा पुगेको अवस्थामा बिहानै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुखले बताएका छन्। श्रीमती २३ वर्षीया सुनिता थामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दोलखा पठाउने तयारी गरिएको छ । हाल पारिवारिक विवादमा घटना भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: