Saturday, January 18, 2025

ट्रेन्डिङ :

सरकारसँग निशर्त वार्ता गर्न तयार विप्लव

spot_img
spot_img
spot_img

बुटवल : फाल्गुन ८, केही बर्षदेखि भूमिगत राजनीतिक कार्यक्रम संचालन गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग निशर्त वाताृ गर्न तयार भएको छ । लामो समयदेखि सरकारसँग वार्ता गर्न औपचारिक पत्र लेख्नु पर्ने शर्त राख्दै आएको नेपाल कम्यनिस्ट पार्टीका महासचिव विप्लवले फागुन ८ गते सरकारले पार्टीका गतिविधि र कार्यक्रम गर्ने वातावरण सहज बने सम्वाद र वार्ताका लागि सकारात्मक रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् । नेपालमा जनवादी क्रान्ति सम्पन्न नभईसकेको र अबको क्रान्तिको नेतृत्व आफुले गर्ने भन्दै केही समय अघि फौजी संघर्ष थालेको विप्लव नेकपा र सरकारको बीचमा वार्ताको हल्ला चलिरहेको बेला विप्लवले बिना शर्त वार्तामा बस्न तयार भएको विज्ञप्ति जारी गरेका हुन् ।

नयाँ जनवादी क्रान्तिलाई नाघेर सिधै वैज्ञानिक समाजवाद ल्याउने दाबी गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले अघोषित फौजी संघर्षको शुरुवात गरेको तीन बर्ष नपुग्दै सरकारसँग निशर्त वार्तामा बस्न तयार हुनु आश्चार्य भएको जानकारहरु बताउँछन् । यो अघि नेकपाका न्द्रीय सदस्य गुणराज लोहनीले सरकारसँग वार्ताका लागि बीबीसी नेपालीको साप्ताहिक कार्यक्रममा रमा पराजुलीसँग कुरा गर्दै आफ्नो पार्टीमाथिको प्रतिबन्ध हटाउनु पर्ने, शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न दिनु पर्ने र संसदीय व्यवस्थाको विकल्पमा नयाँ व्यवस्था स्थापना गर्न सरकार तयार हुनु पर्ने बताएका थिए तर यस पटक भने विप्लव आफैले कुनै पनि शर्त नराखि विज्ञप्ति जारी गरेपछि सरकारसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

त्यस्तै विप्लवले विज्ञप्तिमा क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको र यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र वार्ताको लागि सकारात्मक रहेको बताएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?