Thursday, January 23, 2025

ट्रेन्डिङ :

निर्मलाका हत्यारा चाँडै सार्वजनिक गर्ने गृहमन्त्री बादलको उदघोष

spot_img
spot_img
spot_img

विराटनगर- गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा चाँडै सार्वजनिक गर्ने बताएका छन्। विराटनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको बृहत् जनभासमा बोल्दै गृहमन्त्री बादलले निर्मलाका हत्यारा चाँडै सार्वजनिक गरिने बताएका हुन्।

बैतडीकी भागरथी भट्टका हत्यारा सार्वजनिक गरिएको भन्दै अब निर्मलाका हत्यारा पनि सार्वजनिक गरिने उनले बताए। “प्रधानमन्त्रीले भागरथीका हत्यारा पानीमुनि गए पनि छोड्नेछैनौं भन्नुभएको थियो। केही दिनमै पत्ता लगाएर सार्वजनिक गर्‍यौं। अब निर्मलाका हत्यारा पनि चाँडै सार्वजनिक गर्नेछौं,” गृहमन्त्री बादलले भने।

अपराधीहरूलाई जुनसुकै हालतमा पनि कारवाहीको दायरामा ल्याइने भन्दै अपराधीहरूलाई उनले सचेत गराए। अपराधीलाई सचेत गराउँदै कुनै काम गर्ने छुट नहुने उनले बताए।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?