Sunday, October 6, 2024

ट्रेन्डिङ :

प्रदेशसभा बैठक बहिष्कार गर्ने ओली समूहको निर्णय

विराटनगर- मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेश १ को प्रदेशसभाको बैठक सत्तारुढ नेकपा ओली समूहले बहिस्कार गर्ने भएको छ । आइतबार मुख्यमन्त्री शेरधन राईको कार्यालयमा बसेको ओली समूहको सांसदहरुको बैठकले प्रदेशसभामा सहभागी नहुने निर्णय गरेको हो ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जना नेकपा सांसदलाई मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका थिए । उनीहरु सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने भनी सभामुखलाई जानकारी गराएको ओली समूहमा रहेका मन्त्री जगदीश कुशियतले जानकारी दिए । निलम्बनको अवधि ३ महिना हुने भएकाले त्यस अवधिसम्म आफूहरु बैठकमा सहभागी नहुने ओली समूहको जिकिर छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?