Saturday, May 17, 2025

ट्रेन्डिङ :

गोरखाको बारपाकमा एकै परिवारका तीनजना मृत फेला

spot_img
spot_img

गोरखा– गोरखाको बारपाकमा एकै परिवारका तीनजना घरभित्रै मृत फेला परेका छन्। बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका तीनजनाको घरभित्रै शव फेला परेको प्रहरीले जनाएकाे छ । ८४ वर्षीय तीलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आईतकुमारी गुरुङ र नातिनी नाता पर्ने १२ वर्षीया उषा गुरुङकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए।

उनका अनुसार तीनैजनाको मुखबाट फिज निस्केको अवस्थामा शव भेटिएको छ। सोमबार बिहान अबेरसम्म ढोका नखुलेपछि छिमेकीहरु आएर हेर्दा शव देखेको र प्रहरीलाई खबर गरेको उनले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?