९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

देशभर २४ घन्टामा थप १२५ संक्रमित, ९० जना कोरोनामुक्त



काठमाडौं– गत २४ घन्टामा नेपालमा १२५ जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा एक जनाले पनि कोरोनाका कारण ज्यान गुमाएका छैनन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ९० जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ । पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख ४३ हजार ३१५ जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा १५२९ रहेका छन् भने ६६ जना क्वारेन्टाइनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !