Sunday, April 27, 2025

ट्रेन्डिङ :

मिडियाले राजीनामाको हल्ला चलाए : महान्यायधिवक्ता खरेल

spot_img
spot_img

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पार्नुभएको छ । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् । आफू राजीनामा दिने सोचमा समेत नरहेको बताबताउँदै उनले भनने, अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’

आफूले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाई राखेको तर आफ्नो राजीनामाको बारेमा एकपटक समेत नसोधि समाचार आउँदा दुःख लागेको बताए । उहाँले भन्नुभयो ‘जिम्मेवार प्रेसले कुनैपनि विषयलाई महान्यायाधिवक्ताले राजीनामा गर्नुभएको छ भन्ने जस्तो गम्भिर विषयलाई अगाडि राख्दाखेरी महान्यायाधिवक्तासँग नसोधिकन राखिने कुराप्रति मेरो गम्भिर चासो, सरोकार छ र यस प्रति म दुःख व्यक्त गर्छु ।’ महान्यायाधिवक्ताले राजीनामा ग¥यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेसण गरको उहाँले बताउनुभयो । अहिलेको परिस्थितिलाई आफू अनुकुल बनाउन चाहनेहरुबाट यस्तो हल्ला आएको पनि महान्यायधिवक्ता खरेलले बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?