Thursday, May 1, 2025

ट्रेन्डिङ :

इन्सपेक्टरको परिक्षामा ११५ जना पास

spot_img
spot_img

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) पदका लागि लिइएको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । प्रहरीको जनपद समूहतर्फ रिक्त प्रहरी निरीक्षक पदमा समावेशी प्रावधानअनुसार खुल्ला परीक्षा लिने चलन छ । गत असोज १५ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरिएको हो ।

प्रहरी निरीक्षकका लागि खुला तर्फ ८२ जना माग गरिएकोमा ११५ जना पास भएका छन् । यसैगरी अमर÷अशक्त प्रहरी परिवारकाबाट ३ जनाको माग भएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै महिलाका लागि १३ जनाको माग भएको मा २१ जना छनौटमा परेका छन् । आदिवासी जनजातिबाट २१ जनाको माग भएकोमा ४७ जना उत्तीर्ण भएका छन् । मधेसी तर्फ १८ जनाको माग भएकोमा ३२ जना छनोटमा परेका छन् । यसैगरी दलित कोटा तर्फ १० जनाको माग भएको थियो भने १५ जना छनौटमा परेका छन् । पिछडिएको क्षेत्रबाट ४ जनाको लागि माग भएकोमा १० छनोटमा परेका छन् । आयोगले अन्य बाँकी कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?