१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

तेह्र दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेश



काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको छ । मंगलबार साँझ संसद् विघटनको मुद्दामा सर्वोच्च अन्तिम फैसला सुनाउँदै संसद् विघटनको निर्णय बदर गरेको हो । 

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसला सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको प्रष्ट पारे । 

उनले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन नहुने भन्दै त्यसलाई बदर गरिएको निर्णय सुनाएका हुन् । सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै संसद बैठक १३ दिनभित्र बोलाउन आदेशसमेत दिएको छ । 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय