Monday, September 9, 2024

ट्रेन्डिङ :

सरकारमा जाने विषयमा छलफल गर्न काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी बैठक बस्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि भावी सत्ता समीकरणको कसरत सुरु भएको छ । सिंगो नेकपासँग सभामुखसहित रहेका १ सय ७३ सांसद थिए ।

नेकपाको अंक गणित कायम रहे सरकार बनाउन ओली र प्रचण्ड–नेपाल  १ सय ३८ सांसद पुर्‍याउन ६३ सांसद रहेको काँग्रेसकै साथ अनिवार्य  देखिएको छ । जसमा काँग्रेसका दुई जना सांसद निलम्बनमा छन् ।

बुधबार प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देउवालाई भेटन  बुढानिलकण्ठ पुगेका थिए। करिब आधा घण्टाको भेटमा देउवाले पार्टीमा छलफल गर्ने प्रचण्ड–नेपालसँग बताएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?