२५ माघ २०७९, बुधबार
 |   Wed Feb 8 2023
Logo

ओली र गौतमसँग सहकार्य नगर्ने प्रचण्डको प्रतिक्रिया



काठमाडौं । नेकपाका नेता वामदेव गौतमले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

आज बिहान दाहालको निवास खुमलटार पुगेर गौतमले आधाघण्टा भेटवार्ता गरेको उहाँका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । नेता गौतम एकताको प्रस्ताव लिएर दाहालको निवास पुगेका थिए ।

गौतमले पार्टी एकता गर्ने जिम्मेवारी आएको भन्दै अवसर नगुमाउन दाहाललाई सुझाव दिएका थिए । तर दहालले तत्काल केपी ओलीसँग सहकार्य हुन नसक्ने प्रष्ट गरेका थिए ।

ओलीले आत्मालोचना गर्दै पदबाट राजिनामा दिएमात्र संवादको ढोका खुल्ने दाहालको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !