Friday, January 17, 2025

ट्रेन्डिङ :

चिनियाँ राजदूत यान्छी र भारतीय राजदूत क्वात्राको देउवासँग भेटघाट

spot_img
spot_img
spot_img

काठमाडौं : नेपालमा नयाँ सत्ताको अभ्यास चलिरहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटघाट गरेका छन् । पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सम्पन्न भएपछि दुई देशका राजदूतसँग भेटघाट गरेका हुन्। तर भेटमा के बिषयमा छलफल भएको हो भन्नेबारे भने सार्वजनिक गरिएको छैन । ५ पुषमा प्रधानमन्त्री ओलीले चालेको संसद् विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकीले देउवालाई भेट्नु अर्थपूर्ण मानिएको छ। दुई भागमा विभाजित नेकपाले कांग्रेसको सहाराबिना सरकार गठन सक्ने छैनन् र पुनः दुई नेकपा एक भएर अघि बढ्ने सम्भावना नै छैन । यस्तो अवस्थामा कांग्रेसकै सहारा महत्वपूर्ण रहेको भएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?