१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

एमालेको उपाध्यक्ष बन्दै बादल



काठमाडौं : तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री बादललाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाउने तयारी गरिएको छ । एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको र उक्त पदमा गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउन लागिएको हो । सर्वोच्च अदालतले एमाले र माओवादी पूर्ववत् रुपमै रहेको फैसला गरेलगत्तै गृहमन्त्रीसँग बादलनिकट नेताहरुसँग छलफल गरेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउने तयारी गरेको जनाइएको छ ।

फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि गृहमन्त्री बादलसँगको भेटघाटमा प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो । भेटमा दुई बीचमा गहन कुराकानी भएको र गृहमन्त्री बादलले आफू माओवादीतिर नभई ओलीको सिद्धान्त, विचारलाई साथ दिने बताएका थिए । यसरी गृहमन्त्री बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङलगायतका माओवादी नेताहरु एमालेमै मिसिने भएको जनाइएको छ । हाल एमालेमा वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि उपाध्यक्ष रहेका छन्। हाल बादलसहितका नेताहरूको व्यवस्थापनबारे अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको जनाइएको छ। छलफलमा प्रधानमन्त्री ओलीसहित एमालेका उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागी रहेका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय