१६ आश्विन २०८०, मंगलवार
 |   Tue Oct 3 2023
Logo

पार्टीलाई निजी कम्पनी बनाउने षड्यन्त्र भेलाले असफल बनायो : योगेश भट्टराई (विज्ञप्तिसहित)



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईल आज काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकबद्ध रहेको सन्देश दिएको बताएका छन् । योगेश भट्टराइले विज्ञप्ति जारी गर्दै पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी पार्टी पंक्तिको एकीकृत धारणा तय गर्न र त्यस अनुरुप पार्टी पंक्तिलाई देशव्यापी रुपमा परिचालन गरी पार्टीलाई सुदृढ, एकताबद्ध र क्रियाशील बनाउन आयोजित भेलामा देशभरिबाट चार हजार नेता–कार्यकर्ताहरु उत्साहका साथ सहभागी भएको बताएका छन् ।

सरकारी साधन स्रोत र पार्टी सत्ताको दुरुपयोग गर्दै भेलालाई असफल पार्न गरिएका तमाम हर्कतहरुलाई परास्त गर्दै आज देशभरबाट उत्साहपूर्वक कमरेडहरुको सभागिता रहनुले पार्टी एकताबद्ध रहन्छ भन्ने सन्देश दिएको विज्ञप्तिमा उललेख छ । पार्टीको विधान, नीति र निर्णयको विरुद्धमा उभिँदै एकल व्यक्तिको सर्वोच्चतामा पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने दृष्प्रयत्नलाई असफल पार्दै पार्टीलाई जनवादी केन्द्रीयताका सामूहिक प्रणालीमा पुनस्र्थापित गर्ने काममा आजको भेलाले महत्वपूर्ण योगदान दिएको भट्टराईले विज्ञप्तिमा जनाएका छन् । यस्तो छ विज्ञप्ति


प्रतिक्रिया दिनुहोस !