२० माघ २०७९, शुक्रबार
 |   Fri Feb 3 2023
Logo

मीनाको हत्याको आरोपमा ४ जना थुनामा



डोटी : दिपायल सिलगढी नगरपालिका २ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चारजना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम , सासू दुर्गा र उनकी बहिनी रम्भा दमाईँलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो । गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो । अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय