१३ आश्विन २०८०, शनिबार
 |   Sat Sep 30 2023
Logo

अस्पतालमा उपचार गराईरहेकी शहीद तामाङकी आमासँग नेता शर्माले गरे भेटघाट



काठमाडौं : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा (प्रभाकर) ले जनयुद्धका शहीद पूर्णबहादुर तमाङ र शेरबहादुर तामाङकी आमासँग अस्पतालमा भेटघाट गरेका छन् । बेलकोटगढी १० चिसापानी निवासीलाई बाइकले ठक्कर दिएर सख्त घाइते बनाएपछि उपचारका लागि काठमाडौंको बालाजुमा रहेको पिपुल्स अस्पतालमा उपचार गराईरहेकी सहीद तामाङकी आमालाई पिपुल्स डेण्टल कलेजमै गएर नेता शर्माले भेटघाट गरेका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ र बालाजुको पिपल्स अस्पतालमा उपचार भैरहेको छ। हाल सम्म ठक्कर दिने बाइक फेला परेको छैन उक्त बाइककोबारे कोही कसैलाई जानकारी भए नजिक को प्रहरीचौकीमा खबर गरिदिनु अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय